शेयर बजार आज लगातार तेस्रो दिन पनि बढ्यो

सहयात्रा टिभी

काठमाडौं । असोज १३, शेयर बजार लगातार तेस्रो दिन आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको जनाएको छ ।

 

आज जीवन बीमाबाहेक सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको छ ।

हिजो ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता शेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कर्पोरेशनको प्रमोटर शेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो ।

 

प्रकाशित : 29 September, 2022

प्रतिक्रिया दिनुहोस्