नेप्से परिसूचक ४.१५ अंकले वृद्धि, कारोबार स्थीर

सहयात्रा टिभी

काठमाडौं । असोज २७, सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार ४.१५ अंकले बढ्यो । बजार १८७०.६३ बिन्दुमा पुगेको छ ।

बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ भएको छ ।

रुरु जलविद्युत् परियोजना, सामुदायिक लघुवित्त, शिवमः सबैको लुघवित्तसहितका कम्पनीको मूल्य धेरै बढ्नेमा रह्यो । कारोबार रकम भने बिहीबार समेत बढ्न सकेन ।

 

प्रकाशित : 13 October, 2022

प्रतिक्रिया दिनुहोस्