सञ्चालनमा आएको एक वर्ष भित्र करोडौ आम्दानी गदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

सहयात्रा टिभी

काठमाडौँ । कातिक २०, गत २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष (आव) २०७८र७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

विमानस्थल कार्यालयको तथ्यांक अनुसार यस आवमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान सेवाबाट १ करोड ५ लाख ५० हजार रुपैयाँ गरी कुल १३ करोड ९१ लाख ३७ हजार रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा खर्च भने ८ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ ।

विमानस्थलले १ करोड २४ लाख ९८ हजार रुपैयाँ पूँजीगत र ७ करोड ३ लाख रुपैयाँ चालु खर्च गरेको तथ्यांक छ ।२ जेठमा अन्तर्राष्ट्रिय उडान सुरु भएको यो विमानस्थलमा आन्तरिक उडान भने १७ फागुनदेखि नयाँ धावनमार्गबाट सुचारु भएको हो ।

त्यसअगाडि पुरानो धावनमार्गबाट आन्तरिक उडान भइरहेको थियो । कार्यालयका अनुसार अहिले दैनिक १८ देखि २५ वटा उडान यस विमानस्थलबाट भइरहेको छ ।

 

प्रकाशित : 6 November, 2022

प्रतिक्रिया दिनुहोस्