केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डेंगु, बढ्दो जनघनत्व र चेतना

सहयात्रा टिभी

सहयात्रा सम्पादकीयः अहिले डेंगुले देशका सबै जिल्लामा पहुँच बनाइरहेको छ । त्यसमा पनि वागमती प्रदेश डेंगुको केन्द्र बनिरहेको छ । जनघनत्व र शहरी बस्ती रहेको नेपालको वागमाती प्रदेशमा दिनप्रतिदिन डेंगुका बिरामी बढिरहेका छन् । काठमाडौं महानगरको फोहोर फाल्न नदिने र फोहोरमा राजनीति गर्नेहरुले डेंगुका रोगी बढाउँन सघाइरहेका छन् । सरकारले शुरुदेखि नै जति प्रयास गर्नुपर्ने हो त्यो नहुँदा ठूलो संख्यामा बिरामी बढिरहेका छन् । सरकार औषधि पसललाई सिटामोलसम्म उपलव्ध गराउन सकिरहेको छैन भने उसबाट थप अपेक्षा गर्नु स्वाभाविक देखिदैन ।

काठमाडौं उपत्यका सामान्यतः डेंगुका लागि अनुकूल ठाउँ होइन, तर फोहोरले यसलाई डेंगु फैलनका लागि अनुकूल बनाइरहेको छ । १९ वर्षअघि २०६१ सालमा नेपालमा पहिलो पटक डेंगुले १ जना बिरामी भएकोमा २०७९ सालको साउनदेखि भदौमा ९ हजार ८ सय ३५ जना बिरामी भइसकेका छन् । यतिबेला बिरामीहरु शारीरिक र मानसिक रुपमा मात्र नभै आर्थिक रुपमा समेत निकै अप्ठ्यारोमा परेका छन् ।

नेपालमा सन् २००४ मा १ जनामा पुष्टि भएको डेंगु सन् २००५ मा शून्य थियो । बिरामीको चाप अस्पतालले थाम्नै गाह्रो भएको नेपालकै जेठो वीर अस्पतालमा देखिएको छ । हाल कोभिड–१९ को पनि चाप छ भने डेंगुका बिरामी समेत थपिंदा आईसियु बेड पनि भरिएका छन् । जनशक्ति नहुँदा बिरामीले पाउनुपर्ने स्वास्थ्यसेवा सहज हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले भने डेंगु रोकथामका लागि धेरै प्रयत्न गरिएको बताइरहँदा बिरामीले बेड नपाएर मृत्युको मुखमा पुग्नुपरेको छ ।

वास्तवमा डेंगु फैलिन नदिने एक्लो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने नै हो । लामखुट्टेको उत्पादन नै नभए पनि यसबाट बच्ने भइयो, यसको उपस्थिति भए तापनि आफ्नो शरीर बचाउन सकियो भने पनि बच्न सकिन्छ ।

प्रकाशित : 7 November, 2022

प्रतिक्रिया दिनुहोस्