केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परिवारको सम्पर्कमा नरहेका ५७ वर्षीय सञ्चार थिङको शव फेला

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २२, गएको कात्तिक २ गतेदेखि परिवारको सम्पर्कमा नरहेका ईन्द्रसरोवर गाउँपालिका–३ काप्राङका ५७ वर्षीय सञ्चार थिङको शव फेला परेको छ

सोमबार बेलुकी भिमफेदी गाउँपालिका–८ दोभान खोलामा सडेगलेको अवस्थामा शव फेला पारिएको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृतकका छोराले कपडाको आधारमा शवको पहिचान गरेको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 8 November, 2022

प्रतिक्रिया दिनुहोस्