एकैदिन तोलामा १४ सयले बढ्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २३, नेपाली बजारमा बुधबार एकैदिन सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ । यस्तै मंगलबार स्थिर रहेको चाँदीको मूल्य पनि बढेको छ।

मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : 9 November, 2022

प्रतिक्रिया दिनुहोस्