८८ केजी सुन तस्करी प्रकरणमा कांग्रेसको समानुपातिक उम्मेदवार पक्राउ

सहयात्रा टिभी

काठमाडौं । भदौं १९ गते राजधानीमा पक्राउ परेको ८८ केजी अवैध सुन तस्करीको प्रमुख नाइके रहेको भन्दै प्रहरीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनी आगामी प्रनिनिधि सभाको लागि कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका व्यक्ति हुन् ।

उनी नेपाल–केरुङ व्यापार संघका अध्यक्ष समेत रहेको प्रहरीले जनाएको छ । उनलाई महानगरिय अपराध महाशाखाको टोलीले आज स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीमार्फत नै चिनियाँ नागरिकले नेपाल सून भित्र्याउने गरेको दाबी गरेको छ । प्रहरीले यसअघि उक्त सुन तस्करीसँग सम्बन्धित भएको भन्दै केही सून व्यवसायी पक्राउ गरिसकेको थियो ।

प्रकाशित : 16 October, 2017

प्रतिक्रिया दिनुहोस्