सेयरधनीलाई साढे १४ प्रतिशत लाभांश दिने गरिमा विकास बैंकको प्रस्ताव

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २५, गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ ।

२४ कात्तिक बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि हो ।बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।

 

प्रकाशित : 11 November, 2022

प्रतिक्रिया दिनुहोस्