सेयर बजारमा दोहोरो अंकको वृद्धि
सहयात्रा टिभी
काठमाडौँ । कातिक २८, साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से २१.२६ अंक (१.१३ प्रतिशत) ले वृद्धि भएर १९०४.४३ अंकमा बन्द भएको छ ।
सोमबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार कारोबारमा आएकामध्ये तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशतले वृद्धि हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.३९ प्रतिशत र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ७.२९ प्रतिशतले वृद्धि भएको छ ।
पछिल्ला पाँच कारोबार दिनमा लगातार गिरावट भएको नेप्से छैटौं दिनमा भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।