आज तिहारको दोस्रो दिन, कुकुर पूजा

सहयात्रा टिभी

काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको आज दोस्रो दिन अर्थात ककुर पूजा । घर घरमा कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । घरमा पालिएका मात्र होइन, सडकमा डुलिहिँड्ने कुकुर पनि बिहानैदेखि माला लगाएर फुरुंग भएजस्ता देखिन्छन् ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिई यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका साथ कुकुर तिहार मनाउने परम्परा रहेको छ ।

प्रकाशित : 18 October, 2017

प्रतिक्रिया दिनुहोस्