केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से दोहोरो अंकले वृद्धि सँगै कारोबार रकम पनि बढ्यो

सहयात्रा टिभी

काठमाडौ । मंसिर १, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

बिहीबार नेप्से २५.५७ अंक (१.३४ प्रतिशत)ले वृद्धि भएर १९३६.८३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ ।

बिहीबार कारोबार रकम पनि बढेर १ अर्ब ७० करोड भन्दा माथि पुगेको छ । बुधबार ८६ करोडको कारोबार भएको बजारमा बिहीबार ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजारको कारोबार भएको छ ।

 

 

प्रकाशित : 17 November, 2022

प्रतिक्रिया दिनुहोस्