केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु

सहयात्रा टिभी

काठमाडौ । मंसिर ५, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबार आजदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।

यो प्रयोजनका लागि अघिल्लो पटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको एरो थाई कम्पनीको जहाज नेपाल बोलाइएको हो । यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ ।

 

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्