केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मकवानपुरको सल्लेमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, कुलेखानी-काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरमाको सल्लेमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

केही समय अघि वीरगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिल्लाको इन्द्रसरोबर गाउँपालिका २ सल्लेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ​

ना.१ ज ४४६६ नम्बरको सुमो सडकबाट तल खसेको हो । दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

 

 

प्रकाशित : 23 November, 2022

प्रतिक्रिया दिनुहोस्