केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज शेयर बजार साढे ११ अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, हिजो बुधवार र अस्ति मङ्गलवार घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५६ अङ्कले बढेर १ हजार ९ सय ३३ दशमलव ५५ विन्दुमा पुगेको छ ।

बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो १ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ३२ वटा कम्पनीको शेयर ९२ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुंगा विकास बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर झन्डै ७ प्रतिशत र आरएमडीसी लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि किसान लघुवित्तको शेयर झन्डै ३ प्रतिशतले घटेको छ ।

 

प्रकाशित : 24 November, 2022

प्रतिक्रिया दिनुहोस्