अर्थतन्त्र यथास्थितिमा नचल्ने आगामी सरकारको नेतृत्वले सचेत हुनुपर्ने : गगन थापा

सहयात्रा टिभी

काठमाडौं । मंसिर १५, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र यथास्थितिमा नचल्ने भन्दै सरकारको आगामी नेतृत्वले सचेत हुनुपर्ने बताएका छन् ।

अर्थतन्त्र यथास्थितिमा चल्दैन, आपतकालीन अवस्था आउन सक्छ भन्ने रियलाइज गरेर काम गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

‘हामी निर्वाचनमा जसरी खटियौं, अबको नेतृत्वले अर्थतन्त्रमा त्यसैगरी काम गर्नुपर्छ ।’ उनले भने ।

 

प्रकाशित : 1 December, 2022

प्रतिक्रिया दिनुहोस्