नेपाली बजारमा ओप्पोको सस्तो फोन ‘ए१७ के’ आउँदै
काठमाडौँ । मंसिर १९, ओप्पोको बजेट फोन ओप्पो ‘ए१७ के’ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीका अनुसार ओप्पो ए१७ केमा मिडियाटेक एमटी ६७६५ हेलियो जी३५ चिपसेट प्रयोग गरिएको बताईएको छ ।
गत अक्टोबर १३ मा विश्व बजारमा सार्वजनिक भएको ओप्पोको सस्तो फोन नेपालमा पनि शीघ्र सार्वजनिक हुन लागेको कम्पनीले जनाएको छ जस्मा ६.५६ इन्चको डिस्प्ले रहेको छ । त्यस्तै गरी कलरओएस (कलर अपरेटिङ सिस्टम) १२.१ मा आधारित यो फोन एन्ड्रोइड भर्सन १२ द्वारा सञ्चालित छ ।
साथै ३ जीबी र्याम भेरियन्ट भएको यो फोनमा ६४ जीबी इन्टर्नल स्टोरेज रहेको छ भने यस फोनमा सिङ्गल ८ मेगापिक्सेलको सिङ्गल रियर क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
त्यस्तै फिङ्गरप्रिन्ट सेन्सर रहेको यो फोनको ब्याट्री क्षमता ५००० एमएएच रहेको छ । यो फोनको मूल्य कति छ भन्ने आधिकारीक जानकारी उपलब्ध भ एको छैन ।