=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


झरना थापाको चलचित्र ‘भगवत् गीता’मा धिरज मगर अनुबन्धित

सहयात्रा टिभी

काठमाडौं । मंसिर २६, झरना थापाको नयाँ चलचित्र ‘भगवत् गीता’को मुख्य अभिनेतामा धिरज मगर अनुबन्धित भएका छन् । चलचित्रकी निर्देशक थापाले धिरज चलचित्रमा अनुबन्धित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

निर्माण कम्पनी र अभिनेता धिरजबीच शनिबार लिखित सम्झौता भएको हो । चलचित्रमा धिरजको अपोजिटमा सुहाना थापा हुनेछिन् । यी दुईबीच अनस्क्रिन रोमान्स हुनेछ । यो लभस्टोरी चलचित्रको छायांकन जनकपुर र मनाङमा हुने भएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका बाँकी कलाकार एक सातामा तय हुने जनाइएको छ । पुस २ गतेदेखि धिरज र सुहानाले कार्यशालामा भाग लिनेछन् ।

प्रकाशित : 12 December, 2022

प्रतिक्रिया दिनुहोस्