=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


फिल्म ‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनित

सहयात्रा टिभी

एजेन्सी । मंसिर २७, दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डमा मनोनित भएको छ । यो मनोनयन सर्वोत्कृष्ट गैर अंग्रेजी चलचित्रको विधामा दिइएको हो । सन् २०२३ को जनवरीमा हुने गोल्डेन ग्लोब अवार्डको यो वर्गका लागि विश्वभरका ५ फिल्म दौडमा छन् ।

हिन्दी फिल्म गंगुबाई काठियावाडी, कन्नड फिल्म कान्तारा र ओस्कार चेलो शोमा भारतको आधिकारिक प्रवेश पनि यस दौडमा थिए तर, आरआरआरले मात्र मनोनयन पाएको थियो । यस विधामा मनोनित भएका अन्य चार फिल्महरू ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ (जर्मनी), ‘अर्जेन्टिना १९८५’ (अर्जेन्टिना), ‘क्लोज’ (बेल्जियम) र ‘डिसिजन टु लीभ’ (दक्षिण कोरिया) हुन् ।

आरआरआर यतिबेला जापानमा रिलिज भएको यो फिल्मले धेरै कमाइ गरेको छ । आरआरआरलाई निर्माताहरूले स्वतन्त्र प्रविष्टिको रूपमा ओस्करमा पठाएका छन् । आरआरआर दक्षिण भारतका दुई स्वतन्त्रता सेनानी कोमाराम भीम र अल्लुरी सीताराम राजुको कथामा आधारित छ ।

मार्चमा रिलिज भएको ‘आरआरआर’ मा राम चरण र जुनियर एनटीआरले मुख्य भूमिकामा थिए । यसका अलावा फिल्ममा आलिया भट्ट, अजय देवगन र श्रिया सारमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

प्रकाशित : 13 December, 2022

प्रतिक्रिया दिनुहोस्