बस दुर्घटनामा घाइतेहरूको निःशुल्क उपचार गरियोस् : अध्यक्ष दाहाल

काठमाडौँ । मंसिर २८, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको आज बिहान फेसबुकमार्फत उल्लेख गरेका छन् ।
उनले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन् । “दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछु,” फेसबुक स्टाटसमा उल्लेख छ, “त्यसैगरी, कारण पत्ता लगाई बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।”