सेयरधनीलाई सिवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत लाभांश वितरण गर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस ८, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बिहबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष ०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँको ३० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित : 23 December, 2022

प्रतिक्रिया दिनुहोस्