दुई वर्षभित्र सफा सोलुखुम्बु बनाउने लक्ष्य

सहयात्रा टिभी

 

सल्लेरी, सोलुखुम्बु । सामुदायिक रेडियो सोलु एफएमले देउसी भैलोबाट संकलन भएको रकम सोलुखुम्बुको फोहोर व्यवस्थापनमा खर्च गर्ने भएको छ ।

प्रदेश नं १ कै पहिलो सामुदायिक रेडियोले नगरपालिकाको मुख्य चुनौती फोहोर व्यवस्थान देखिएकाले फोहोर संकलनका लागि टोकरी राख्ने भएको हो ।

नगरपालिकाको ३० वटा सार्वजानीक स्थानमा फोहोर फालिने टोकरी राखिने सो एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारण श्रेष्ठले जानकारी दिनुभयो । सल्लेरीमा सञ्चालन गरिएको देउसी भैलोबाट रु एक लाख ६८ हजार संकलन भएको छ ।

“पर्यटकीय महत्व बोकेको जिल्ला भएकाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ,” उहाँले भन्नुभयो । स्थानीय स्रोत साधनलाई प्रयोग गर्ने उद्देश्यले बेत बाँसबाट बनेको टोकरी राख्ने निर्णय गरिएको हो ।

पछिल्लो समय नगरपालिकाको बजार क्षेत्रमा जताततै फोहोरको मात्रा बढ्दै गएपछि चिन्ता व्यक्त गरिँदै आएको थियो । फोहोर संकलनका लागि पर्याप्त टोकरी राख्न नसक्दा प्लास्टिकजन्य फोहोरको मात्रा बढेको हो ।

टोलसुधार समितिले सरसफाइ गरे पनि सर्वसाधारणको चहलपहल रहने क्षेत्रमा फोहोर राख्ने टोकरी नहुँदा समस्या भएको हो । दुई वर्षभित्र सफा सोलुखुम्बु बनाउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । रासस

प्रकाशित : 27 October, 2017

प्रतिक्रिया दिनुहोस्