त्रिशुलीमा यात्रुबहाक बस खस्यो, २० जनाको शव फेला, १५ जनाको उद्धार, ३० बढी बेपत्ता (अपडेट)
धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी–५ बाङ्गेमोडबाट त्रिशूली नदीमा एउटा यात्रुवाहक बस खसेको छ । राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको यात्रुवाहक बस त्रिशुलीमा खसेर दुर्घटना भएको हो ।
त्रिशुलीमा खसेका १५ जनाको घाइते अवस्थामा उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो । बस मोडबाट खसेपछि उछ्ट्टिएर १५ यात्रु नदी किनारमा परेका थिए । घाइतेका अनुसार बसमा करिव ५० जना यात्रु थिए ।
त्रिशुलीमा खसेको बसबाट २० जनाको शव निकालिएको छ । अन्य ३० जना भन्दा बढी बेपत्ता रहेको अनुमान गरिएको छ । प्रहरीले उद्दार कार्य जारी राखेको भएपनि बस नदी भित्रै रहेकोले बाँकीलाई जिवितै उद्दारको सम्भावना न्यून रहेको बताएको छ ।
घटनास्थलमा अहिले उद्दारका लागि कुरिनटाबाट गोताखोर समेत आएका छन् । उद्दारमा खटिएका धादिङ प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउतले घाइतेमध्ये २ जनालाई काठमाडौंको ट्रमा सेन्टर लगिएको बताउनुभयो । बाँकी १३ जनालाई गजुरी अस्पतालमा उपचारको लागि पठाइएको छ ।
याे पनि पढ्नुहाेस्
रात्री बस त्रिशुली नदीमा खसेर बेपत्ता, १५ को उद्धार