रात्री बस त्रिशुली नदीमा खसेर बेपत्ता, १५ को उद्धार

सहयात्रा टिभी

धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस त्रिशुली नदिमा खसेर वेपत्ता भएको छ । रात्री बस त्रिशुली नदीमा खस्दा डुबेर वेपत्ता भएको हो । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको रात्री बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बस नम्बर नखुलेको र बसमा कति यात्रु थिए भन्ने पनि नखुलेको गजुरी प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलबाट हालसम्म १५ जना घाइतेलाई उद्धार गरिएको र उनिहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको गजुरी प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 28 October, 2017

प्रतिक्रिया दिनुहोस्