शेयर बजार आज पनि उच्च अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । पुस २८, शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा झरेको छ ।

बजार घटेको दिन दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । समैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित : 12 January, 2023

प्रतिक्रिया दिनुहोस्