बिर्तामोडका डीएसपी सिलवाल जिल्ला तानिए, अर्का डीएसपी बस्नेतलाई बिर्तामोड पठाईयो, कर्फ्यु यथावत

सहयात्रा टिभी

झापा । बालक हत्याको विरोधमा शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनमा गोली चलाउन निर्देशन दिने झापा अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाल जिल्ला तानिएका छन् । शुक्रवार स्थानियहरुले निष्पक्ष छानबिनको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएका डीएसपी सिलवाल जिल्ला तानिएका हुन् । सिलवाल जिल्ला तानिएपछि उनको ठाउँमा डीएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड पठाइएको छ ।

शान्तिपूर्ण प्रदर्शनमा कसरी गोली चलाउनुपर्ने स्थिति आयो भन्ने विषयमा छानबिन गर्न डीएसपी सिलवाललाइ जिल्ला तानिएको संघीय प्रहरी इकाई कार्यालय चन्द्रगढी मेचीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पिताम्बर अधिकारीले जानकारी दिए । स्थानीयले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या भएको दाबी गर्दै आएका छन् । घटनाको छानविनमा डीएसपी सिलवालको भूमिकाप्रति उनीहरुले प्रश्न उठाउँदै आएका थिए ।

भिड नियन्त्रणका क्रममा प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि गोली चल्दा दुई जनाको मृत्यु भएको थियो भने झापामा अनिश्चितकालीन कर्फ्यू लागेको छ ।

प्रकाशित : 28 October, 2017

प्रतिक्रिया दिनुहोस्