स्मार्ट टेलिकमको आइतबारदेखि काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा आउने

सहयात्रा टिभी

काठमाडौं– टेलिकमले आइतबारदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गर्ने भएको छ । स्मार्ट टेलिकमले शनिवार पत्रकार सम्मेलन गरी चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) आइतबारदेखि संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो ।

हाल पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा संचालन हुने र त्यसपछि सो सेवा देशका अन्य सहरहरुमा पनि क्रमशः विस्तार गर्दै लैजाने कम्पनीको योजना रहेको छ । परीक्षणका क्रममा देखिएका कमीकमजोरीलाई सच्याएर यो सेवालाई एक महिनापछिबाट व्यवसायिक रुपमा संचालन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो सेवालाई उपभोक्ता मैत्री बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेको स्मार्ट टेलिकमको योजना रहेको छ ।
स्मार्ट टेलिकमले गत जेठमा मात्रै फोरजी सेवा संचालन गर्ने अनूमति पाएको थियो ।

प्रकाशित : 28 October, 2017

प्रतिक्रिया दिनुहोस्