त्रिशूली बस दुर्घटनाको शोकमा आज सप्तरीमा शोक मनाईने, सबै स्थानीय तहमा पनि बिदा

सहयात्रा टिभी

राजविराज । राजविराजबाट काठमाडौं आउदै गरेको रात्री बस शनिबार बिहान त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा ३१ जनाको शव भेटिएको छ । त्यसमध्ये सप्तरीका धेरै मानिसको ज्यान गएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् ।

सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् ।

 

प्रकाशित : 29 October, 2017

प्रतिक्रिया दिनुहोस्