भाइको हत्या आरोपी दिदीले हिरासतमै गरिन् आत्महत्या

सहयात्रा टिभी

सिरहा । सिरहाको कर्जन्हा-२ मा भाइको हत्या गरेको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरी प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी छन् । यादवले यौनकाण्ड खुल्ने डरले भाइको हत्या गरेको खुलेको छ । प्रहरी उनलाई पक्राउ गरेर आज आइतबार बिहान १२ बजे सार्वजनिक गरेको थियो । जसको केही घण्टामै उनले आत्महत्या गरेको सिरहाका डिएसपी गज्जुसिद्धी मानन्धरले जानकारी दिएका छन् ।

ठूलोबुवाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र सञ्जयकुमार साह पक्राउ परेका थिए । पक्राउ परेका मध्ये प्रियंकालाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेसको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म शौचालयबाट नआएपछि हेर्न जाँदा झुण्डिएको अवस्था फेला परेको प्रहरी जनाएको छ । प्रियंकाले भाइ हत्याको ग्लानीले गर्दा आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

गाउँ नजिकैको जंगलमा भैसी चराउन जाँदा प्रियंका र गाउँकै सञ्जय शाहलाई आपत्तिजनक अवस्थामा देखेका भवेशलाई यौन सम्बन्ध खुल्ने डरले प्रियंका र सञ्जयको योजनामा हत्या गरिएको उनिहरुको बयान पछि खुलेको थियो ।

प्रकाशित : 29 October, 2017

प्रतिक्रिया दिनुहोस्