आधा घण्टामा एउटा झोलुङ्गे पुल निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । माघ १७, सरकारले आवश्यकता अनुसार आधा घण्टामा एउटा झोलुङ्गे पुल निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।
गएको माघ ३ गते पदभार ग्रहण गर्दा सहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।
मन्त्रीको पहिलो निर्णयलाई कार्यान्वयन गर्ने गरी काम थालिएको मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । अबको तीन वर्षभित्रमा आवश्यक सबै ठाउँमा झोलु्ङ्गे पुल निर्माणको लक्ष्य छ ।
यो आर्थिक वर्षमा कुन–कुन ठाउँमा पुल आवश्यक छ भनी अध्ययन गर्ने र अर्को दुई वर्षमा निर्माण गर्ने विभागको तयारी छ । विभागले प्रारम्भिक रुपमा झण्डै तीन हजार थप झोलुङ्गे पुल आवश्यक पर्ने आकलन गरेको विभागका उपमहानिर्देशक महेश अर्यालले बताउनुभयो ।
उहाँका अनुसार विगतमा एक घण्टाको दूरीमा त्यस्ता पुल बनाउने गरीएको थियो । अहिलेसम्म देशभर ९ हजार ७ सय ४५ झोलुङ्गे पुल बनेका छन्।