ससुरालीबाट घर फर्किँदै गर्दा भिरबाट लडेर एकको ज्यान गायो

काठमाडौं । माघ १८, जाजरकोटमा ससुरालीबाट घर फर्किँदै गर्दा भिरबाट लडेर एक जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भिरबाट लडेर कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका ३१ वर्षीय अम्मरबहादुर शाहीको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मङ्गलवार दिउँसो वडा नम्बर ६ पिप्से ससुरालीबाट घर फर्किँदै गर्दा भिरबाट लडेर शाहीको ज्यान गएको हो ।