नक्कली नोटसहित सिरहामा दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ २२, सिरहामा ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिवार हिजो लहान नगरपालिका-८ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लहान नगरपालिका-९ का ३० वर्षीय मोहम्मद ओसिन र वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।

उनीहरुको साथबाट नक्कली नोटसहित, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा १ हजार ५५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 5 February, 2023

प्रतिक्रिया दिनुहोस्