नेप्से आज सामान्य बढ्यो
सहयात्रा टिभी
काठमाडौ । माघ २२, हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।
आज माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ । बजार समान्य बढेको दिन दुई सय ५८ वटा कम्पनीका ५२ लाख छ हजार कित्ता शेयर एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् ।