क्यान मेला : रोज डे को अवसर पारेर डेटिङ एप पनि लन्च, १५० भन्दा धेरै स्टल

सहयात्रा टिभी

काठमाण्डौमा मङ्गलवारदेखि सुरु भएको सूचना प्रविधि मेला क्यान इन्फोटेकमा १५० भन्दा धेरै स्टल छन् ।

यी स्टलमा ल्यापटपदेखि डेस्कटप अनि माउस, किबोर्डदेखि टेलिभिजन सेटसम्म छन् । तर, सबैभन्दा बढी भिड भने ‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा छ ।

७ फेब्रुअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको यस नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली सफ्टवयर इन्जिनियरहरुले तयार पारेका हुन् । एप सुरक्षित, भरपर्दो र चलाउन सजिलो रहेको पनि इन्जिनियरहरुको दाबी छ ।

अहिले तीन महिना एप्लीकेशनका लागि पैसा नलाग्ने र त्यसपछि नेपालीको क्षमता अनुसारको पैसा लाग्न सक्ने पनि न्यौपाने बताउनुहुन्छ ।

पूजापाठको स्टलले पनि आगन्तुकको ध्यान त्यसरी नै तानेको छ । त्यस्तै वास्तु तथा ज्योतिषसम्बन्धी ज्ञान पनि एपबाट पाउन सकिन्छ ।

सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरिएको मेलामा पूजापाठ कसरी समेटियो भन्ने जिज्ञासा अवलोकनकर्तालाई छ ।

मानिसको जीवनलाई प्रविधिसँग जोड्दै सहज बनाउने र नयाँ प्रविधिको बारेमा जानकारी तथा व्यापारसमेत गर्ने उद्देश्यले क्यान इन्फोटेक सुरु भएको हो ।

सूचना प्रविधि मेला हेर्न अवलोकनकर्ताको घुईंचो छ । भृकुटीमण्डपमा चलिरहेको मेला माघ २९ गतेसम्म अवलोकन गर्न सकिने क्यानले जनाएको छ ।

 

प्रकाशित : 8 February, 2023

प्रतिक्रिया दिनुहोस्