आईपीओ सार्वजनिक गर्दै मायाखोला हाइड्रोपावर

सहयात्रा टिभी

काठमाडौँ । माघ २६, माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।

बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कनसन गरेको थियो ।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । सोही अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट एक लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

माया खोला हाइड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।

 

प्रकाशित : 9 February, 2023

प्रतिक्रिया दिनुहोस्