नेप्से आज १२ .४५ अङ्कले बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । माघ २६, हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।
म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो तीन अर्ब ६९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ५७ वटा कम्पनीका ५६ लाख ४८ हजार कित्ता शेयर दुई अर्ब छ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् ।