निर्माणाधीन प्रदर्शनी हलको छत भत्किदा सिमरामा २ जना घाइते

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन २, विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा निर्माणाधीन भवन भत्कँदा २ जना घाइते भएका छन् ।

मोरङ जिल्ला सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् । सेजको प्रदर्शनी हलको ढलान छत भत्किएर उनीहरू घाइते भएका हुन् ।

करिब ९ करोडको लागतमा प्रदर्शनी हल निर्माण भइरहेको छ ।उनीहरूको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी निरीक्षक रूद्र कँडेलले जानकारी दिए ।

 

प्रकाशित : 14 February, 2023

प्रतिक्रिया दिनुहोस्