ट्र्याक्टर दुर्घटना हुँदा जुम्लामा एकको मृत्यु पाँच घाइते

सहयात्रा टिभी

काठमाडौ । फाल्गुन ४, जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

हिजो बेलुका ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पातारासी–२ का अमिर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टरका चालकको खोजी भइरहेको जानकारी प्राप्त भएको छ ।

 

प्रकाशित : 16 February, 2023

प्रतिक्रिया दिनुहोस्