चितवनबाट ५३ किलो गाँजा बरामद

सहयात्रा टिभी

काठमाडौं । फागुन ८, चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथर जाँदै गरेको वा ३ च २५०४ नम्बरको गाडीमा लैजाँदै गरेको गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

 

प्रकाशित : 20 February, 2023

प्रतिक्रिया दिनुहोस्