गैंडाकोटले राजमार्गमा ढाट राखेर सवारी साधाहरुसँग रकम असुली

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ८, कुनै समय थियो, जतिबेला सडक बोर्ड नेपालका नाममा राष्ट्रिय राजमार्गमा ढाट राखेर सवारी साधाहरुसँग रकम असुलिन्थ्यो ।

एउटै सवारी साधनले एउटै राजमार्गमा धेरै ठाउँमा कर तिर्दै जानुपर्ने बाध्यता थियो । धेरैतिरबाट गुनासो आएपछि सरकारले सबैतिरबाट सवारी साधनसँग कर उठाउने ढाट हटायो । तर, पछिल्लो समयमा राजमार्गमा पनि विभिन्न नाममा सवारी साधनसँग रकम उठाउने काम सुरु भएका छन् ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले इलाका प्रहरी कार्यालय गैंडाकोट नजिकै पूर्वपश्चिम राजमार्गमा ठेकेदारलाई ढाट राख्न लगाएर मालबाहक गाडीसँग मनपरी शुल्क असुल्ने गरेको छ । कवाडी करका नाममा नगरपालिकाले राजमार्गमा गाडीसँग २ सय, ३ सय, ५ सयसम्म कर असुल्ने गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७९र०८० का लागि नगर क्षेत्रभित्र कवाडी कर संकलन गर्न गैंडाकोट बिल्डर्स एण्ड सप्लायर्स प्रालिसँग गत १४ मंसिरमा सम्झौता गरेको छ ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ ९घ० को ४ बमोजिम कवाडी कर संकलन गरी आन्तरिक आय बढाउन खोजेको तर्क गरेको छ ।

गैंडाकोटमा उत्पादन भई बाहिर निकासी हुने कवाडीजन्य २१ वटा वस्तुहरुमा कर उठाउन पाउने भनिए पनि पूर्वपश्चिम राजमार्गमा गुड्ने सवैजसो मालबाहक सवारीसँग कर उठाइएको छ ।

 

प्रकाशित : 20 February, 2023

प्रतिक्रिया दिनुहोस्