सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय
सहयात्रा टिभी
काठमाडौं । फागुन ८, सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न नपाएका हुन् ।
कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको छैन । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको बताए ।
सिम्रिक एयरलाइन्सका विमानहरु किनेर गुण एयरलाइन्सले हवाई सेवा दिंदै आएको थियो । आर्थिक संकटका कारण कम्पनी विभिन्न पक्षलाई तिर्नुपर्ने दायित्व पनि बढेको सूचना प्राधिकरणमा पुगेको छ ।