केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले गर्ने आकस्मिक बिदाका दिनमा अबदेखि बैंक खुल्ने

सहयात्रा टिभी

काठमाडौं । फागुन १२, सरकारले दिने आकस्मिक बिदाका दिन अबदेखि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबारदेखि यस्तो निर्देशन दिएको हो ।


अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने प्रावधान छ ।

यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ ।

प्रकाशित : 24 February, 2023

प्रतिक्रिया दिनुहोस्