आफ्नै २ वर्षकी छोरीको हत्या गरेको आरोपमा एक पक्राउ

काठमाडौं । फागुन १८ , बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया बालिकाको हत्या आरोपमा उनका बाबु पक्राउ परेका छन् । २ वर्षकी आरिसा दिनको हत्या आरोपमा २० वर्षका सायर दिन पक्राउ परेका हुन् ।
छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो ।
घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।