सातको अन्तिम दिन आज नेप्से २६ अंकले घट्यो
सहयात्रा टिभी
काठमाडौं । फागुन १८ , सातको अन्तिम कारोबार दिन पनि सेयर बजारमा घट्न क्रमले निरन्तरता पाएको छ ।
बुधबार २ महिनापछि २ हजारबाट तल झरेको नेप्से बिहीबार पनि १.३३ प्रतिशतले गिरावट भएको छ । बजार परिसूचक नेप्से २६.४८ अंकले गिरावट हुँदा १९६९.०१ अंकमा बन्द भएको छ भने सबै उपसूचकमा गिरावट भएको छ ।
बिहीबार नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।