काठमाडौं र पोखरामा यसरी मनाइयो होली (तस्वीरसहित)

काठमाडौं । फागुन २२, रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा उल्लासका साथ मनाइएको छ ।
काठमाडौंको प्रसिद्ध पर्यटकीय क्षेत्र हनुमानढोका र बसन्तपुरमा धुमधामका साथ होली मनाइएको छ । बसन्तपुर क्षेत्रमा होली मनाउनेहरुको ठूलो संख्यामा भीड लागेको छ ।
विशेष गरी उल्लेख्य संख्यामा भेला भएका युवायुवतीहरुले एकअर्कालाई अबिर दलेर होली मनाइरहेका छन् । यस क्षेत्रमा विभिन्न संस्थाहरुले बाजागाजासहित मनोरञ्जनात्मक कार्यक्रम राखेका छन् ।
यस्तै पोखरामा पनि हर्षोल्लासका साथ होली मनाइएको छ । पोखराको लेकसाइडमा विदेशी पर्यटकहरुले पनि होली मनाएका छन् ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
हेर्नुहोस् काठमाडौं र पोखराको होली पर्वको तस्वीरहरु :
सबै तस्वीर : रासस