केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बचतको ब्याजदर घटाउने तर मुद्दती निक्षेपको ब्याजदर भने नघट्ने

सहयात्रा टिभी

काठमाडौँ । फागुन २५, बैंकहरुले चैतमा बचतको ब्याजदर घटाउने तर मुद्दती निक्षेपको ब्याजदर भने नघटाउने भएका छन् ।

बिहीबार बिहान बसेको बैंकर्स संघको पूर्ण बैठकले मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर भने ०.४ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।

बचतमा ६.४ प्रतिशत देखि ८.४ प्रतिशत रहेको ब्याजदर चैतमा ६ प्रतिशत देखि ८ प्रतिशत कायम रहनेछ । राष्ट्र बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । राष्ट्रबैंकको निर्देशन भित्र रहेर मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतलाई कायम राखेर बचतको ब्याजदर ६ प्रतिशतदेखि ८ प्रतिशत कायम राख्ने निर्णय बैंकर्स संघले गरेको हो ।

यस्तै मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर ०.४ प्रतिशत विन्दुले घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

कुल निक्षेपमा बचतको हिस्सा करिब २७ प्रतिशत रहेको छ । बचतको ब्याजदर ०.४ प्रतिशतले घटाउँदा निक्षेपको लागत सँगै बेस रेट घटेर कर्जाको ब्याजदर पनि घटाउन सहयोग गर्ने बैंकहरु बताउँछन् ।

 

प्रकाशित : 9 March, 2023

प्रतिक्रिया दिनुहोस्