अर्थविद् आचार्य  : अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा नेपाल पर्ने जोखिम

सहयात्रा टिभी

काठमाडौँ । फागुन २७, अर्थविद् केशव आचार्यले नेपाल अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको बताउनुभएको छ ।

आचार्यले केही दिनअघि काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरणका विषयमा गरेको मूल्यांकनले कालोसूचीमा राख्नसक्ने जोखिम उच्च रहेको बताउनुभएको हो ।

उहाँले फाइनान्सियल एक्शन टास्क फोर्स– एफएटीएफको मूल्याङ्कनपछि कालोसूचीमा राख्ने टुङ्गो लगाएको दाबी गर्नुभयो । देश अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिनको लागि सम्पत्ति शुद्धीकरण ऐनलाई तत्काल संशोधन गरी कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताउनु भयो ।

नेपाल सम्पत्ति शुद्धीकरणको कालो सूचीमा सन् २०१३/१४ सालमा नै अफ्ठ्यारो परेको उल्लेख गर्दै आचार्यले वित्तीय कारबाही कार्यदल एफएटीएफको कालोसूचीमा पर्नु सामान्य अवस्था भएको बताउनु भयो । नेपाल वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्‍यो भने नेपालको कस्ट अफ डुइङ बिजनेस उच्च रुपमा बढ्ने बताउनु भयो ।

यो व्यवस्था गर्न नहुने पक्ष र विपक्षमा बहस भइरहेको छ । एफएटीएफको सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल्यांकन एपीजीको कालोसूचीमा पर्‍यो भने नेपालमा वैदशिक ऋण आउन रोकिनुका साथै विश्वका १ सय ७० वटा देशमा एलसीसमेत खोल्न नपाउने अवस्था बन्नसक्छ ।

कालोसूचीमा समावेश भए नेपालको पासपोर्टमाथि विशेष निगरानी हुने र नेपालीहरुको वैदेशिक गतिविधि नै रोकिन समेत सक्नेछ । सरकार सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयमा अझै गम्भीर देखिएको छैन ।

 

प्रकाशित : 11 March, 2023

प्रतिक्रिया दिनुहोस्