सप्तरीमा अनधिकृत रुपमा विद्युत् उपयोग गर्ने सात जना पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । फागुन ३०, सप्तरीमा विद्युत् चुहावट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । अनधिकृत रुपमा विद्युत् उपयोग गरिरहेका सात जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
टोलीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका लक्ष्मी यादव, राजेश यादव, कृष्ण कुमार यादव, जोगिन्द्र यादव, हनुमाननगर कङ्कालिनी नगरपालिकाका विक्रम मण्डल, बद्रिप्रसाद मण्डल र राम कुमार मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ भने उनीहरुलाई जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण राजविराज शाखाले जनाएको छ ।