केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चैत १ गते देखि लागू हुने गरी बैंक र फाइनान्सले ब्याजदर घटाए

सहयात्रा टिभी

काठमाडौँ । फागुन ३०, वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले भोलि बुधवारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।

 

वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज मङ्गलवार सूचनामार्फत यो कुराको जानकारी दिएका हुन् ।

भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो ।

सङ्घको निर्णयअनुसार विकास बैंकहरूले चैत महिनादेखि एक वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ । त्यस्तै एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम भएको छ ।

 

प्रकाशित : 14 March, 2023

प्रतिक्रिया दिनुहोस्