नेप्सेमा सामान्य एकल अंकको वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । फागुन ३०, लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने सामान्य एकल अंकको वृद्धि भएको छ ।

आइतबार करिब २७ अंक र सोमबार करिब २५ अंकले गिरावट भएको नेप्से मंगलबार भने १.८५ अंकले वृद्धि भएको छ । नेप्सेमा घट्दो क्रम रोकिए पनि कारोबार रकम भने सवा १ अर्ब नजिक आएको छ ।

मंगलबार बजार परिसूचक नेप्से ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित उत्पादनमुलक, व्यापार र लघुवित्त उपसूचकमा गिरावट हुँदा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्य मात्रै वृद्धि भएको छ ।

 

प्रकाशित : 14 March, 2023

प्रतिक्रिया दिनुहोस्