बैंक तथा वित्तीय संस्थाहरुको घट्दो व्याजदर आजदेखि लागु

सहयात्रा टिभी

काठमाडौँ । चैत १ , बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् ।

फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्वस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर भने यथावत छ । फागुनमा नै स्ट्यान्डर्ड चार्टर्डले बचतमा ६.४२ देखि ७.१५ प्रतिशत ब्याजदर दिएको थियो । चैतमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले जनाएको छ ।

 

प्रकाशित : 15 March, 2023

प्रतिक्रिया दिनुहोस्